न्युयोर्क, अमेरिका, अक्टोबर १४, २०२६ — नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् (यूएनएचआरसी) मा सन् २०२७–२०२९ को कार्यकालका लागि निर्वाचित भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा खसेको १८० मतमध्ये नेपालले १७३ मत प्राप्त गरेको छ, जुन आफ्नो निर्वाचन समूहमा सबैभन्दा बढी हो।
निर्वाचनपछि संयुक्त राष्ट्रसंघका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपालले बहुपक्षीयता, मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघ केन्द्रित नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाप्रति देखाएको प्रतिबद्धतामाथि विश्वास व्यक्त गरेकोमा सदस्य राष्ट्रहरूलाई धन्यवाद दिएका छन्।






