काठमाडौं, सेप्टेम्बर २१, २०२६ — काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि यात्रुवाहक बसमा आगलागी हुँदा चालक घाइते भएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गर्दै घाइते चालकलाई उद्धार गरी अस्पताल पठाइएको जानकारी दिए।
‘बसमा आगलागी भएर चालक घाइते भएका छन्। उद्धार गरेर अस्पताल पठाएका छौं। आगलागीको कारणबारे अनुसन्धान हुँदैछ,’ सुवेदीले अनलाइनखबरसँग भने।
प्रहरीका अनुसार आगलागी भएको बसको नम्बर बा ५ ख ४२७४ हो। बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा हुन्।
लामा बसभित्रै रहेका बेला आगलागी भएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। घाइते लामालाई उपचारका लागि अस्पताल पठाइएको छ।






