काठमाडौं, अक्टोबर २९, २०२६ — नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर उठाइने भएको छ। नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्क लागू हुने जानकारी दिएको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिले असोज १२ गते गरेको निर्णय र नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र काठमाडौं प्रवेश गर्ने वा बाहिरिने दिशाका आधारमा शुल्क निर्धारण गरिएको छ।






