सिरियस, रुस, नोभेम्बर १५, २०२६ — रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन कांस्यसहित चार पदक जितेका छन्। यो प्रतियोगितामा नेपालले पहिलो पटक रजत पदक जितेको हो।
शनिबार सिरियसमा सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत पदक हासिल गरे। त्यस्तै, ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका छन्।






