ललितपुर, अक्टोबर ७, २०२६ — वर्षासँगै आएको हावाहुरीका कारण ललितपुरको कुपण्डोलमा रुख ढलेपछि ललितपुर र काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार ट्राफिक प्रहरीसहित सुरक्षाकर्मीले रुख पन्छाएर सडक खुलाउने प्रयास गरिरहेका छन्।
बुधबार उपत्यकामा अचानक वर्षासँगै हावाहुरी चलेको थियो।






