सुर्खेत, अक्टोबर १०, २०२६ — प्रहरीले सुर्खेत जिल्लाका दुई गाउँपालिकाअन्तर्गतका तीन छुट्टाछुट्टै जंगलबाट लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक बरामद गरेको छ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा मातहतको इलाका प्रहरी कार्यालय गुटुसमेतबाट खटिएको टोलीले चौकुने गाउँपालिका–७ स्थित सान्नेघारीको जंगलमा खोजतलास गर्ने क्रममा पाँच नाल बन्दुक बरामद गरेको हो।






