काठमाडौं, नोभेम्बर २६, २०२६ — करिब १० वर्षदेखि बन्द रहेको काठमाडौंको बायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने उद्देश्यले परीक्षण सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा प्लान्टको पुनःस्थापना गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार आयोजित कार्यक्रममा प्लान्टको परीक्षण सञ्चालन शुभारम्भ गरे। त्यसअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले प्लान्ट सञ्चालनका लागि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई हस्तान्तरण गरेका थिए।






