झापा, २१ अगस्ट २०२६ — झापामा जापानिज इन्सेफलाइटिस (जेई) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको मृत्यु भएपछि जिल्लामा जेईबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार ती महिलाको गत साता मृत्यु भएको हो। उनको मृत्युसँगै झापामा जापानिज इन्सेफलाइटिसका संक्रमितको संख्या ११ पुगेको छ।






