काठमाडौं, १५ अगस्ट २०२६ — कञ्चनपुरका एक उपभोक्ताले २५० रुपैयाँको सामान खरिद गरेकै आधारमा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।
पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट गरिएको उक्त खरिद श्रावण महिनाको पहिलो १५ दिनका कारोबारमध्ये बम्पर पुरस्कारका लागि छनोट भएको हो।






