क्यानबेरा, अस्ट्रेलिया, सेप्टेम्बर ११, २०२६ — अस्ट्रेलियामा विद्यार्थी भिसा अस्वीकृत हुने दर पछिल्लो एक दशककै उच्च स्तरमा पुगेको छ। कडा भिसा जाँचको प्रभाव नेपाली विद्यार्थीका आवेदकमा पनि देखिएको छ, जहाँ २०२५–२६ मा ५१ प्रतिशतभन्दा बढी आवेदन अस्वीकृत भएका छन्।
अस्ट्रेलियाको गृह मामिला विभागको तथ्यांकअनुसार विद्यार्थी भिसा आवेदन अस्वीकृत हुने समग्र दर जुन २०२६ मा २४.२ प्रतिशत पुगेको छ। यो दर जुन २०१६ को ७.९ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढी हो। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र र विद्यार्थी भिसा प्रणालीको विश्वसनीयता तथा नियमन बलियो बनाउने नीति अघि बढाइरहेका बेला अस्वीकृति दर बढेको हो।





