म्यासाचुसेट्स, अमेरिका, १४ अगस्ट २०२६ — म्यासाचुसेट्सका १७ वर्षीय एक किशोरमाथि आफ्नी आमा र भाइको हत्या गरेको आरोप लागेको छ। अभियोजन पक्षका अनुसार उनले इन्टरनेट र च्याटजीपीटी प्रयोग गरेर परिवारका सदस्यको मृत्यु सम्बन्धी “काल्पनिक कथा” (फ्यान्टेसी स्टोरी) खोजी गरेका थिए।
अर्जुन अरविन्दमाथि आफ्नी आमा सुधा वेंकटेशन (४५) र १४ वर्षीय भाइ सिद्धार्थ अरविन्दको म्यासाचुसेट्स, अमेरिका स्थित घरमा भएको मृत्युका सम्बन्धमा दुईवटा हत्या अभियोग लगाइएको छ। उनले आरोप अस्वीकार गर्दै दोषी नभएको दाबी गरेका छन् र उनलाई जमानतबिना हिरासतमा राखिएको छ।





