काठमाडौं, अक्टोबर १४, २०२६ — नेपालमा भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्पले नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी स्कुटर सार्वजनिक गरेको छ। यसको प्रारम्भिक मूल्य ४ लाख ३५ हजार रुपैयाँ तोकिएको छ।
नयाँ स्कुटरमा १५० सीसीको इन्जिन र भेस्पाको विशिष्ट इटालियन डिजाइन रहेको छ। कम्पनीका अनुसार यो स्कुटर स्टाइल, कार्यक्षमता र दैनिक प्रयोगको सहजता खोज्ने चालकलाई लक्षित गरी ल्याइएको हो।






