काठमाडौं, अक्टोबर १५, २०२६ — बजाजले नेपालमा पल्सर २२०एफको नयाँ अपडेटेड संस्करण सार्वजनिक गरेको छ। नयाँ मोडलमा डे टाइम रनिङ लाइट (डीआरएल) जडित एलईडी हेडलाइट राखिएको छ। नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यसको बिक्री सुरु गरेको छ। मोटरसाइकलको मूल्य ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकिएको छ।
यस अपडेटको मुख्य परिवर्तन पहिलेको ह्यालोजन हेडलाइटको सट्टा डीआरएल जडित एलईडी हेडलाइट राखिनु हो। यसअघि कम्पनीले नयाँ ग्राफिक्स, एलईडी इन्डिकेटर र थप रङका विकल्पसहित मोटरसाइकलमा परिमार्जन गरेको थियो।






