सेलाङ्गोर, मलेसिया, १० सेप्टेम्बर २०२६ — ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल एसीसी मेन्स प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार क्वालालम्पुरस्थित बायुएमास ओभलमा भएको सेमिफाइनलमा शानदार प्रदर्शन गर्दै नेपालले उपाधि भिडन्तमा स्थान बनाएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो। नेपालले सुरुआतमै चार विकेट ३६ रनमा गुमाएपछि दबाबमा परेको थियो। तर दीपेन्द्रसिंह ऐरी र बशिर अहमदले महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले।
दीपेन्द्रले सर्वाधिक ५१ रन बनाए भने बशिरले ४७ रनको योगदान दिए। उनीहरूको साझेदारीले नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याएको थियो।
ओमानका जे ओडेड्रा र हस्नैन शाहले समान तीन–तीन विकेट लिए भने मोहम्मद इमरानले दुई विकेट लिए।
१४८ रनको लक्ष्य पछ्याएको ओमान भने नेपाली बलरसामु टिक्न सकेन। ओमान २८.१ ओभरमा केवल ६० रनमा अलआउट भयो।






