अल अमेरात, ओमान, अक्टोबर १९, २०२६ — आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल अल अमेरात क्रिकेट ग्राउन्ड, मिनिस्ट्री टर्फ–१ मा हुनेछ।
खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुने तालिका छ।
लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र पर्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल जित्नुपर्नेछ।
यसअघि नेपालले शृङ्खलामा क्यानडा र ओमान दुवैलाई हराएको थियो। तर शनिबार नेपाल क्यानडासँग पराजित भएको थियो।
नेपाल ३५ खेलबाट २८ अंक जोड्दै अंकतालिकाको सातौँ स्थानमा छ। ओमान भने ३१ खेलबाट ३३ अंकसहित चौथो स्थानमा रहेको छ।






