सेलाङ्गोर, मलेसिया, ६ सेप्टेम्बर २०२६ — नेपाली राष्ट्रिय क्रिकेट टोली एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह चरणको एक खेलअघि नै नेपालले आइतबार साउदी अरेबियालाई पाँच विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
क्वालालम्पुरस्थित बायुएमास ओभलमा साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो। यो प्रतियोगितामा नेपालको लगातार तेस्रो जित हो।
नेपालको जितमा गुल्सन झाले अविजित ४४ रन बनाए। ईशान पाण्डेले ४० रनको योगदान दिए भने देव खनालले ३९ रन बनाए। कप्तान रोहित पौडेल २४ रनमा अविजित रहे।
आसिफ शेखले २० रन बनाए भने अर्जुन कुमालले १५ रनको योगदान दिए।
साउदी अरेबियाका लागि इश्तियाक अहमद र मोहम्मद आतिफले समान दुई–दुई विकेट लिए।






