न्यूयोर्क, अमेरिका, सेप्टेम्बर २३, २०२६ — हालैको विनाशकारी बाढीपछि नेपालको राहत, पुनःस्थापना तथा पुनर्निर्माण प्रयासका लागि अमेरिकाले थप ३१ मिलियन अमेरिकी डलर सहयोग घोषणा गरेको छ।
अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरले परराष्ट्रमन्त्री शिशिर खनालसँग न्यूयोर्कमा भएको भेटका क्रममा उक्त थप सहयोग घोषणा गरेकी हुन्।






