कीर्तिपुर, २९ अगस्ट २०२६ — कीर्तिपुरको भजाङ्गलस्थित पञ्चकन्या ट्याङ्की क्षेत्रमा एउटै मोटरसाइकलमा सवार तीन जना व्यक्तिले बाटोमा हिँडिरहेका महिलालाई निरन्तर पछ्याउँदै फोन नम्बर माग्नुका साथै अश्लील शब्द प्रयोग गरेर सार्वजनिक रूपमा दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ती तीन जना मोटरसाइकलमा महिलाहरू हिँडिरहेको बाटोमा पछ्याउँदै उनीहरूसँग पटक–पटक कुराकानी गर्ने प्रयास गरेको देखिन्छ। महिलाहरूले त्यस्तो व्यवहारमा रुचि नदेखाए पनि उनीहरूलाई पछ्याउने क्रम जारी राखिएको भिडियोमा देखिन्छ।






