मकवानपुर, नोभेम्बर १८, २०२६ — राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने (ब्रेक थ्रु) कार्यक्रममा सहभागी हुन बुधबार मकवानपुर पुगेका छन्।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले द्रुतमार्गको निरीक्षणसमेत गर्ने कार्यक्रम रहेको छ।






