मोरङ, अक्टोबर १, २०२६ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ–६ मा बुधबार दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन्।
सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा क्षेत्रीय अधिवेशनका लागि मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि झडप भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार मनोनयन दर्ताका क्रममा भएको विवाद झडपमा परिणत भएको हो।






