काठमाडौँ, अक्टोबर ६, २०२६ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
थापाले मंगलबार साँझ ६ः०५ बजे सभापति पदमा उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभा गृह पुगेका थिए। निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय थपेपछि उनले उम्मेदवारी दर्ता गरेका हुन्।






