काठमाडौं, अक्टोबर १५, २०२६ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदको मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्। हालसम्म गणना भएका ५ हजार ४०० मतमध्ये महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्।
खुला केन्द्रीय सदस्यका ४५ पदका लागि उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मतपरिणामअनुसार निष्कल राई ३ हजार ८४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा छन्।
प्रा. डा. गोविन्दराज पोखरेलले ३ हजार ४७८, जीतनारायण श्रेष्ठले ३ हजार ३७१ र इन्जिनियर मोहन आचार्यले ३ हजार २९० मत प्राप्त गरेका छन्।
त्यस्तै, प्रवल थापाले ३ हजार २२६, गणेश लामाले ३ हजार ३४ र राजीव कोइरालाले ३ हजार २२ मत पाएका छन्। हिमालदत्त श्रेष्ठले २ हजार ८४७, विद्वान गुरुङले २ हजार ६९१, डा. शोभाकर पराजुलीले २ हजार ६४०, इन्जिनियर अमृत ज्ञवालीले २ हजार ५९१ र अर्जुनप्रसाद जोशीले २ हजार ५८० मत प्राप्त गरेका छन्।
यसैगरी, सन्दीप रानाले २ हजार ५१५, इन्जिनियर नवराज त्रिपाठीले २ हजार ४७४, नरेन्द्रकुमार केरुङले २ हजार ४३७, भरतकुमार शाहले २ हजार ४३१, महेश खरेलले २ हजार ३४३ र मिनकृष्ण महर्जनले २ हजार ३३४ मत पाएका छन्।






