काठमाडौं, अक्टोबर १२, २०२६ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुला समूहअन्तर्गत प्रदीप पौडेल र उदयशमशेर राणा महामन्त्रीमा निर्वाचित भएका छन्।
पौडेलले ४,१९४ मत प्राप्त गर्दा राणाले २,३३० मत पाए।
खुला समूहका अन्य उम्मेदवारमध्ये डा. सुनीलकुमार शर्माले २,२५७, गुरुराज घिमिरेले १,५१३, नैनसिंह महरले १,१३४, अमरसिंह पुन मगरले १,१२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।
महिला समूहबाट डा. डिला संग्रौला (पन्त) ३,११८ मतसहित महामन्त्रीमा निर्वाचित भएकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले २,८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत पाएकी छन्।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले नतिजा घोषणा गरेका हुन्।






