काठमाडौँ, नोभेम्बर ५, २०२६ — नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले आफूलाई पक्राउ गर्ने प्रयास गरिरहेको र खोजीका लागि प्रहरी परिचालन गरेको दाबी गरेका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफूलाई खोज्न सरकारले प्रहरी खटाएको बताएका हुन्। सरकारको धम्की र सिर्जना गर्न खोजिएको अन्योलबाट आफू विचलित नहुने पनि उनले उल्लेख गरेका छन्।






