काठमाडौं, २३ अगस्ट २०२६ — नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार काठमाडौंको चुनदेवीस्थित पार्टीको सम्पर्क कार्यालय पुगेका छन्। पार्टीको सभापति पदमा औपचारिक रूपमा नरहे पनि उनी ‘सभापति शेरबहादुर देउवा’ लेखिएको नेमप्लेट राखिएको डेस्कमा बसेका थिए।
नेपाली कांग्रेसनिकट आदिवासी जनजाति महासंघले कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन देउवा त्यहाँ पुगेका हुन्। करिब ५ महिनासम्म सिंगापुर र हङकङमा उपचार गराएर नेपाल फर्किएपछि चुनदेवीस्थित कार्यालयमा उनको यो दोस्रो भ्रमण हो।





