काठमाडौं, अक्टोबर १०, २०२६ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्। उनले ६ हजार ५८४ मत प्राप्त गरेका छन्।
सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे भने ५४ मत बदर भएका छन्।
महाधिवेशनका ७ हजार ३१७ प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले सभापति पदका लागि मतदान गरेका थिए।
पार्टीका अन्य पदाधिकारीको मतगणना शनिबार दिउँसो ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु गर्ने तयारी छ। त्यसअघि उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूसँग दिउँसो १ बजे बैठक गर्ने कार्यक्रम छ।






