काठमाडौं, सेप्टेम्बर २१, २०२६ — नेपाली कम्युनिष्ट पार्टीको वन, वातावरण तथा जलवायु विभागका प्रमुख माधव सापकोटाले हिमाली संकटलाई सामान्य विपद् व्यवस्थापनको विषयभन्दा माथि उठाएर जलवायु न्याय र अन्तर्राष्ट्रिय जिम्मेवारीको गम्भीर राजनीतिक मुद्दाका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
सापकोटाले विभागको बैठकले पारित गरेको विशेष प्रस्ताव सार्वजनिक गर्दै यस्तो बताएका हुन्। उनका अनुसार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा शनिबार पार्टी हेडक्वार्टर पेरिसडाँडामा बसेको विभागको पूर्ण बैठकले उनले प्रस्तुत गरेको ‘जलवायु न्याय, हिमाल र मानव सभ्यतासम्बन्धी विशेष प्रस्ताव’ सर्वसम्मतिले पारित गरेको हो।






