बारा, २५ अगस्ट २०२६ — बाराको जितपुरसिमरा उपमहानगरपालिका–६ बाट ११ वर्षीया बालिका बेपत्ता भएकी छन्।
बेपत्ता हुनेमा सनाया खातुन रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
सनायाकी आमा गुलप्सा खातुनले मंगलबार दिउँसो प्रहरीमा छोरी हराएको भन्दै निवेदन दिएकी थिइन्। निवेदन प्राप्त भएलगत्तै प्रहरीले बालिकाको खोजी सुरु गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले बालिका हराएको सम्बन्धमा निवेदन प्राप्त भएको पुष्टि गरेका छन्।
प्रहरीले बालिका कहाँ र कुन परिस्थितिमा बेपत्ता भएकी हुन् भन्नेबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ। उनको खोजीका लागि प्रहरीले आवश्यक टोली परिचालन गरेको छ।






