काठमाडौं, ८ सेप्टेम्बर २०२६ — नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ सहयोग गरेको छ।
राष्ट्र बैंकका अधिकारी तथा कर्मचारीबाट संकलन गरिएको उक्त रकम सोमबार प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिएको हो।





