काठमाडौं, ८ सेप्टेम्बर २०२६ — नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।
यसअघि गरिएको निर्णयअनुसार नाइमाले उक्त रकम सहयोग गरेको जनाएको छ।
नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, सिमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमा कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा डिजिटल एजेन्सी डिजिपलका उत्सव कार्कीको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष वैद्यले नाइमाका सदस्य कम्पनीहरू तथा नेपालभरका अटोमोबाइल आयातकर्ता र उत्पादकको तर्फबाट सहयोग रकम प्रदान गरिएको बताइन्।






