लन्डन, बेलायत, अक्टोबर ६, २०२६ — नेपाली सेनाका प्रधानसेनापति प्रधानसेनापति अशोकराज सिग्देल बेलायती सेनाका जनरल स्टाफ प्रमुख जनरल सर रोल्यान्ड (रोली) वाकरको निमन्त्रणामा बेलायतको औपचारिक भ्रमणका लागि लन्डन पुगेका छन्।
सिग्देललाई लन्डनस्थित हिथ्रो विमानस्थलमा मेजर जनरल द राइट अनरेबल द लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले स्वागत गरेका थिए।
बेलायतस्थित नेपाली दूतावासका अनुसार यस भ्रमणले नेपाल र बेलायतबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध तथा रक्षा साझेदारीलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।






