रसुवा, सेप्टेम्बर १७, २०२६ — भोटेकोशी नदीमा आएको बाढीपछि चिलिमे जलविद्युत् केन्द्रभित्र फसेका पाँच कर्मचारीको शव पहिचान गरी बिहीबार सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ।
चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार मृत्यु हुनेमा इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङ रहेका छन्।






