भक्तपुर, अक्टोबर ५, २०२६ — सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित कपाली टोलमा रहेको कवाडी गोदाममा तार सर्ट भएर ग्यास पड्किँदा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार कवाडी भण्डारण गरिएको गोदाममा तार सर्ट भएपछि आगलागी सुरु भएको थियो र त्यसक्रममा ग्यास पड्किएको हो।
हालसम्म मानवीय क्षतिको सूचना नआएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि भक्तपुर नगरपालिकासहित विभिन्न स्थानबाट दमकल घटनास्थलतर्फ पुग्दै गरेको प्रहरीले जनाएको छ।






