धनगढी, अगस्ट २२, २०२६ — कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा उखुबारीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी पशुपती बम जोशीको घटनाबारे माइती पक्षले निष्पक्ष छानबिनको माग गर्दै उनका श्रीमान् तथा सासु–ससुराको भूमिकामाथि आशंका व्यक्त गरेको छ।
माइती पक्षले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै इलाका प्रहरी कार्यालय बेलौरीमा निवेदन दर्ता गराएका छन्। उनीहरूले मृतकका श्रीमान् हेमराज जोशी, सासु र ससुराको भूमिकाबारे अनुसन्धान गर्न माग गरेका हुन्।






