म्याग्दी, नोभेम्बर २३, २०२६ — बिहानको उज्यालोसँगै बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित बङ्गुर फार्ममा मेघबहादुर शेरपुञ्जाको दिनचर्या सुरु हुन्छ। एक वर्षदेखि व्यावसायिक बङ्गुरपालनमा सक्रिय उनी आफूले पहिले अरूका फार्ममा काम गरेर सिकेको सीपलाई आफ्नै उद्यममा प्रयोग गरिरहेका छन्।
धवलागिरि गाउँपालिका–३ मुना घर भएका शेरपुञ्जाको फार्ममा अहिले सानाठूला गरी करिब ९५ वटा बङ्गुर छन्। उनले हाइग्रेड, ल्यान्डरेस र डिउरोक जातका बङ्गुर पालेका छन्। पाठापाठी खरिद गरेर दाना खुवाउँदै हुर्काउने गरेको र एउटा पाठाको मूल्य ९ हजार रुपैयाँसम्म पर्ने गरेको उनले बताए।






