कैलाली, सेप्टेम्बर २, २०२६ — कैलालीमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ९३ वर्षीय एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–९ का ९३ वर्षीय बिरे जाग्री रहेका छन्। उनीमाथि सोही ठाउँकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप छ।
प्रहरीका अनुसार जाग्रीले गत साउन २८ गते किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ।
किशोरीका आफन्तले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले जाग्रीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार जंगल क्षेत्रमा कथित घटना भइरहेको अवस्थामा किशोरीकी दिदीले देखेपछि उनले प्रहरीलाई जानकारी गराएकी थिइन्।






