पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका–२ घर भई काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई काठमाडौंको कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका–६ घर भई काठमाडौंको हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ घर भई काभ्रेको बनेपा बस्ने ३० वर्षीय हर्कसिंह भोलन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले गत कात्तिक १० गते प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिलाई छुटाइदिने भन्दै उनका भाइसँग २ लाख रुपैयाँ मागेका थिए। उनीहरूले होटलमा भएको खर्चसमेत तिरिदिन भनेको आरोप छ।