सल्यान, अक्टोबर ७, २०२६ — सल्यानको छत्रेश्वरी गाउँपालिका–२ दयाधुरी जंगलमा विद्यालय जाने क्रममा बाटोबाट लडेर १४ वर्षीया बालिकाको मृत्यु भएको छ।
छत्रेश्वरी गाउँपालिका–२ दहगाउँ निवासी जिबराज वलीकी छोरी प्रमिला वली मंगलबार बिहान करिब ८ बजे विद्यालय जाने क्रममा बाटोबाट करिब २५० मिटर तल खसेकी थिइन्।






