वीरगन्ज, १८ अगस्ट २०२६ — सरकारले करिब २७ वर्षदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रमुख डिभिजनल इन्जिनियर श्रीकान्त यादवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।






