तनहुँ, अक्टोबर २९, २०२६ — तनहुँमा सञ्चालनमा रहेका तथा निर्माणका विभिन्न चरणमा रहेका विकास आयोजनाले जलविद्युत्, विद्युत् प्रसारण लाइन, केबुलकार, रिसोर्ट र अन्य पूर्वाधार निर्माणका लागि कुल ७१८.५८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति पाएका छन्। डिभिजन वन कार्यालयका अनुसार जिल्लाका विभिन्न आयोजनालाई उक्त वन क्षेत्र प्रयोग गर्न दिइएको हो।
डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार तनहुँ जलविद्युत् आयोजना, ४०० केभी विद्युत् प्रसारण लाइन, तनहुँ हाइड्रोपावरको २२० केभी प्रसारण लाइन तथा अन्य प्रसारण लाइन आयोजनाले वन क्षेत्र प्रयोग गर्न अनुमति पाएका छन्।






