काठमाडौँ, सेप्टेम्बर २०, २०२६ — काठमाडौँको टंगालस्थित भाटभटेनी सुपर स्टोर सोमबार, सेप्टेम्बर २१ देखि पुनः सञ्चालनमा आउने भएको छ । स्टोरबाट ग्राहकलाई दैनिक रूपमा नियमित सेवा प्रदान गरिने भएको छ ।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले टंगालस्थित स्टोरबाट सोमबारदेखि ग्राहकलाई नियमित सेवा प्रदान गरिने जानकारी दिए ।
भाट–भटेनी सुपर मार्केट प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ठूलो क्षति बेहोरे पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई बेवास्ता नगरेको बताए ।
उनका अनुसार भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीलाई रोजगारीबाट अलग गरिएको छैन र पुनः सञ्चालनमा आएका स्टोरहरूमा उनीहरूको भूमिकालाई निरन्तरता दिइएको छ ।
गुरुङले विज्ञप्तिमार्फत आगलागीबाट भएको क्षतिका बाबजुद कम्पनीले पुनर्निर्माण गरी पुनः सञ्चालनमा फर्कने निष्कर्षमा पुगेको बताएका छन् ।






