काठमाडौं, अक्टोबर २६, २०२६ — साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराउँदै विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले १८ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरे। आसिफले ३२ रन बनाए।






