काठमाडौं, ८ सेप्टेम्बर २०२६ — युनिलिभर नेपाल लिमिटेड (यूएनएल) ले नेपालभर हालैको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले बाढी प्रभावित समुदायका लागि १ करोड रुपैयाँ बराबरका करिब २६ टन अत्यावश्यक सरसफाइ सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ।
यूएनएलका अनुसार सहयोग गरिएका सामग्रीमा लाइफब्वाय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिनलगायतका उत्पादन छन्। बाढीपछि स्वास्थ्य जोखिम बढेकाले प्रभावित परिवारलाई व्यक्तिगत सरसफाइ कायम राख्न तथा घर तथा वरपरका क्षेत्र सफा र संक्रमणमुक्त बनाउन यी सामग्रीले सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कठिन परिस्थितिमा सबै मिलेर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने बताएका छन्।
उनले कम्पनीको आर्थिक तथा सामग्री सहयोगले जारी राहत प्रयासमा योगदान पुर्याउने र प्रभावित परिवारलाई पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।






