विराटनगर, सेप्टेम्बर २५, २०२६ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशका तराई जिल्लाका अधिकांश पालिका अधिवेशन सम्पन्न भएका छन्।
कांग्रेस कोशी प्रदेश कार्यालयका सचिव नारायण कोइरालाका अनुसार सुनसरीको इनरुवा नगरपालिकामा भने मतदान भइरहेको छ। विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ।
अविरल वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाका अधिकांश पालिकामा भने अधिवेशन सुरु हुन नसकेको कोइरालाले बताए। बाँकी अधिवेशन १३ गतेसम्ममा सकिने उनले बताए।
‘विराटनगर वडा नम्बर ६ मा विवाद भयो । इनरुवामा अहिले निर्वाचन भइरहेको छ,’ कोइरालाले भने। अविरल वर्षाका कारण अधिवेशनको तालिका पछि धकेलिएको उनले बताए।
यसैबीच, विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनअन्तर्गत मतदान भइरहेका बेला दुई पक्षबीच कुटाकुट भएको छ।






