काठमाडौं, अक्टोबर ६, २०२६ — गृहमन्त्री सुदन गुरुङले राज्यको गोप्य सूचना दुरुपयोग गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइने बताएका छन्।
मंगलबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत अधिकारी तथा कर्मचारीले आफ्नो पदको जिम्मेवारीलाई बेवास्ता गरी गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि देखिरहेको बताएका छन्।






