पोखरा, सेप्टेम्बर २१, २०२६ — पोखराको पद्म नर्सिङ होमलाई शय्या स्तरवृद्धिको अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि गण्डकी प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ।
प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काज सरुवा गरेको छ। अस्पतालको स्तरवृद्धि अनुमति दिने क्रममा अनियमितता भएको भन्दै निवर्तमान स्वास्थ्य मन्त्री, सचिव र मन्त्रालयका कर्मचारीहरूको नाम जोडिएपछि प्रदेश मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो।






