रसुवा, २६ अगस्ट २०२६ — बुधबार रसुवा तथा आसपासका जिल्लामा आएको विनाशकारी बाढीपछि भोटेकोसी र त्रिशूली नदी करिडोरमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ। अझै दर्जनौँ व्यक्ति सम्पर्कविहीन रहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९५ जनाको शव फेला परेको छ। तर मृतक सबैको पहिचान भने भइसकेको छैन।
बाढीमा ८५ जना सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन्। तीमध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन्।
सम्पर्कविहीन व्यक्तिको खोजी तथा थप शवको खोजीका लागि प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार विभिन्न जलविद्युत् आयोजनासँग सम्बन्धित ६० जना व्यक्ति पनि बाढीपछि सम्पर्कविहीन भएका छन्।






