रौतहट, सेप्टेम्बर २३, २०२६ — सशस्त्र प्रहरी बल (एपीएफ)ले रौतहटको गौर नगरपालिका–४ टिकुलियास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता भोला साहको घरबाट करिब ५० लाख १४ हजार ५ सय रुपैयाँ मूल्य बराबरका मोबाइल फोनका सामग्री बरामद गरेको छ।
एपीएफका अनुसार विशेष सूचनाका आधारमा उक्त सामान बरामद गरिएको हो।
एपीएफ नं. ११ गण मुख्यालय रौतहटका सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको नेतृत्वमा खटिएको टोलीले एपीएफ नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट प्राप्त विशेष सूचनाका आधारमा साहको घरमा छापा मारेको थियो।
४५ जना सशस्त्र प्रहरी र गौर भन्सार कार्यालयका प्रतिनिधिसहितको टोलीले घरमा खोजतलास गर्दा विभिन्न मोबाइल फोनसँग सम्बन्धित सामग्री लुकाएर राखिएको अवस्थामा फेला पारेको थियो।
अभियानका क्रममा तीनवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको थियो।






