काठमाडौं, अक्टोबर १६, २०२६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनमा नगरपालिकाबाट जनप्रतिनिधिका रूपमा उम्मेदवार बन्न इच्छुकहरूका लागि आवेदन खुला गरेको छ।
पार्टीले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवार बन्न चाहनेहरूबाट आवेदन माग गरेको हो।
बिहीबार सार्वजनिक सूचना जारी गर्दै रास्वपाले नगरपालिका क्यान्डिडेट क्लबका लागि आवेदन खुला गरेको जनाएको छ। आगामी स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको नेतृत्व गर्न इच्छुक व्यक्तिलाई आवेदन दिन पार्टीले आह्वान गरेको छ।
आवेदन पार्टीको मोबाइल एपमार्फत दिन सकिने व्यवस्था गरिएको छ।
रास्वपाले यसअघि भदौ १ गतेदेखि गाउँपालिका क्यान्डिडेट क्लबका लागि आवेदन खुला गरेको थियो।






