बोड्रममा, टर्की, २५ अगस्ट २०२६ — टर्कीमा रोजगारीका क्रममा आफूले शोषण र कठिन परिस्थितिको सामना गर्नुपरेको आरोप लगाउँदै भावुक भिडियो सार्वजनिक गरेकी नेपाली महिला सुसिला भुसाल छिट्टै नेपाल फर्किने भएकी छन्।
अर्घाखाँची स्थायी घर भएकी भुसालले हालै १३ मिनेट लामो टिकटक भिडियो सार्वजनिक गर्दै रोजगारीका लागि टर्की पुगे पनि आफूले गर्ने कामबारे गलत जानकारी दिइएको आरोप लगाएकी थिइन्।







